कला

माघ २ गते नेपथ्यको कार्यक्रम फिदिममा

By admin

January 03, 2019

पाँचथर । नेपथ्य ब्यान्डको बृहत संगीतिक कार्यक्रम पाँचथरको फिदिममा हुने पक्का भईसकेको छ। पर्यटन प्रवर्दन पाँचथरको सान, कला संस्कृतिको संरक्षणमा हाम्रो अभियान भन्ने नारा सहित कार्यक्रम हुन लागेको आयोजकले जानकारी दिएको छ।

 

उक्त कार्यक्रम माघ २ गते , २०७५ मा फिदिम माबिको खेलमैदानमा हुने लागेको , कार्यक्रमको भब्य तयारी भएको र अनुमानित खर्च त्रिचालिस लाख लाग्ने आयोजक जानकारी दिएको छ।

 

स्थानीय संघ सस्थाहरु ,सरकारी निकायको पनि साथ रहेको उक्त कार्यक्रमको मुख्य उदेश्य , लोप हुन लागेको कला संस्कृतिको संरक्षण साथै दिर्घ रोगीहरुको सहयोगार्थ अक्षयकोष स्थापना गर्ने रहेको आयोजकले जानकारी दिएको छ।