झापा । पूर्वेली फुटबलका प्रशिक्षक तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामालाई पितृशोक परेको छ ।
अध्यक्ष आलेका बुवा टेकमान आलेको ८५ वर्षको उमेरमा सोमबार विहान साडे ५ बजे निजी निवास कालिस्थानमा निधन भएको हो । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
आलेको पार्थीव शरीरको जातीय परम्पराअनुसार आज विहान १० बजे कनकाई आर्यघाटमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।