इलाम । संसद् सचिवालयले डा. गोविन्द केसीसँग विगतमा भएका सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेपछि अहिले इलाममा १६औँ सत्याग्रह हिजोबाट थालेका छन् । उनको सत्याग्रह दोस्रो दिन पनि जारी छ ।

आफुँसंग भएको सम्झौता बिपरीतका बुदाहरु राखेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा गोविन्द केसीले १६ औ अनशन शुरु गरेका छन् । विभिन्न छ वटा बुदाका माग राखेर केसीले इलाममा बुधबार साँझ पाँच बजेबाट अनशन शुरु गरेका हुन् । डा केसी इलाम नगरपालिका–७ फुलगाछि स्थित इन्द्र माया लिम्बुको घरमा अनशन बसेका छन् । लिम्बुको घरमा रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन विभाग झापामा सरेपछि घर खालि थियो । डा. केसीले बाध्यताबश ब्यक्तिको घरमा अनसन बस्नुपरेको बताए ।

डा केसीले १५ औ सत्याग्रहका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता बमोजिम अक्षरंस संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने पहिलो माग छ । त्यस्तै गौरी बहादुर कार्की नेतृत्वको आयोगले दोषि ठहर गरेका त्रिवि पदाधिकारीलाई तत्काल कारवाही गर्नुपर्ने । चिकित्सा शिक्षा अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्नुपर्ने । कृषि तथा वन विश्वविद्यालयबाट सम्बन्धान दिन रोक्ने मन्त्रीपरिषदको निर्णय बिपरित चोरबाटोबाट दिन लागिएको सम्बन्धन रोक्दै दोषी पदाधिकारीलाई कारवार्ही गर्नुपर्ने माग रहेको छ ।

सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्न काम चाडै थाल्नुपर्ने । पूर्वी पहाडी क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन इलाममा, उदयपुर, डोटि वा डढेलधुरामा मेडिकल कलेज वा अस्पताल स्थापना गर्नुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्नुपर्ने माग अघि सारेका छन् । यस्तै निर्मला पन्तको हत्यामा संलग्नहरुलाई पक्राउ गरेर मुद्दा दायर गर्नुपर्ने । साथै प्रमाण लोप गर्ने झठा प्रमाण बनाउने, यातना दिने, आन्दोलनमा गोली चलाउनेलाई फौजदारी मुद्दा चलाउनेपर्ने । द्वन्द्वकालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई अन्तराष्ट्रिय कानुन अनुसार दण्डित गर्नुपर्ने, द्वन्द्वपीडितहरुको मागलाई सुनुवाई गर्दै संक्रमणकालीन न्याय शीघ्र टुङ्गोमा पु¥याउनुपर्ने र सरकारको निर्णय उल्लघंन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता गराएर दोषी पदाधिकारीलाई कारवाही गर्नुपर्ने डा केसीका माग छन् ।
चार पृष्ठको प्रेस विज्ञप्ती बाचन गर्दै अनशन शुरु गरेका केसीले प्रधानमन्त्री मन्त्री शीर्ष राजनीतिज्ञहरु भ्रष्टचार गर्न र भ्रष्ट ब्यक्तिहरुलार्य संरक्षण गर्नमा लिप्त रहेको आरोप लगाएका छन् । भ्रष्ट नेताहरुलाई क्लिन चिट दिएर कर्मचारीलाई बलिको बाको बनाइएको केसीको आरोप छ ।

दूई तिहाई बहुमत प्राप्त गरेको सरकार सस्तो र सुलभ स्वास्थ्य सेवाको पहुँच पु¥याउनुपर्ने काम छाडेर माफियाहरुको स्वास्थ्य अनुसारको कानुन बनाउन लागि परेको डा केसीको विज्ञप्तीमा उल्लेख छ ।
डा केसीले विदेशमा गएर चिकित्सा शिक्षा अध्ययन गर्नकै लागि प्रवेश परिक्षा अनिवार्य पास गर्नुपर्ने प्रावधानले चिकित्सा शिक्षा अध्ययन गर्न जानेको संख्यामा ८० प्रतिशतले घटेर तीन सय हाराहारीमा आएको दावी गरेका छन् । यस्तो प्रावधानले अयोग्य विद्यार्थीले डिग्री लिएर कमसल सेवा दिने अवस्था कम भएको उनको जिकिर छ ।