इटहरी । प्रदेश सरकारले टिपरलाई टाइम कार्ड दिइरहेको बेला ट्रिपरको ठक्करबाट बालिकाको ज्यान गएको छ ।
बालिकाको मृत्यु भएपछि मोरङको बिराटचौकमा अहिलेसम्म १० वटा ट्रिपरमा आगजनी भएको छ । आक्रोशित स्थानियहरुले बिराटचौक–बिराटनगर सडक खण्डमा गुडिरहेका टिपरमा जथाभाबी आगो लगाइदिएका हुन ।
बिहान ११ बर्षिय बालिका लक्ष्मी ढकाललाई उनकै घर अगाडी ना ३३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको थियो । स्थानिय प्रमेन्द्र केसीका अनुसार स्थानियले ११ बजेसम्म १० वटा ट्रिपरमा आगजनी भएको थियो ।
आगो निभाउन गएको सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरको दमकललाई समेत स्थानियले बाटोमा नै अबरोध गरे ।
अहिले स्थानियहरु बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । दिउसोको समयमा ट्रिपरलाई निषेध गरिएको अबस्थामा दुर्घटना हुदा स्थानियहरु आक्रोशित बनेको बताइएको छ ।
ट्राफिक प्रहरीले समेत निषेध गरिएका टिपरमाथि कडाई नगरेको स्थानियको आरोप छ । प्रहरीले अहिले घटनास्थल नियन्त्रणमा लिएको छ ।
अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छ ।
टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो । यस विषयमा थप निर्णय लिनका लागि जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ ।