खुदुनाबारी, झापा । अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहले विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्दै २१औँ साधारणसभा सम्पन्न गरेको छ ।
समूहको प्राङ्गणमा सोमबार आयोजित कार्यक्रममा सिंहदेवी माविबाट एसइइ परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने भूमिका पुलामी मगर र गणेश आधारभूत विद्यालयका निर्मल आचार्यलाई कक्षा ८ मा उत्कृष्ट अंक ल्याएवापत जनही नगद ३ हजार र सम्मानपत्रले पुरस्कृत ग¥यो ।

त्यस्तै, उत्कृष्ट टोलमा ११ र १९ नम्बरलाई नगद ५–५ हजार, उत्कृष्ट कर्मचारी नरेन्द्र बेघालाई नगद ५ हजारले पुरस्कृत गरेको समूहले सुरुङ्गाका सहायक वन अधिकृत एकराज दाहाललाई पनि सम्मान ग¥यो ।
समूहका अध्यक्ष युवराज लोहारको अध्यक्षता र डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष सन्तबहादुर मगरले गरेका थिए ।
‘हचुमासा सामुदायिक वनको सर्वाङ्गीण विकासको लागि हाम्रो प्रतिवद्धता, जैविक विविधता संरक्षण र सामाजिक, आर्थिक विकासमा दूरदर्शीता’ भन्ने नारासहित आयोजित सभामा समूहका कार्यालय सचिव श्रीप्रसाद नेपालले समूहको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा समूहको गत आर्थिक वर्ष ०७४÷०७५को जम्मा आम्दानी एक करोड ६३ लाख नौ हजार ४११ रुपैयाँ, जम्मा खर्च एक करोड ६० लाख ९५ हजार ९१९ रुपैयाँ र बचत दुई लाख १३ हजार ४९१ रुपैयाँ उल्लेख छ ।
त्यसैगरी समूहले चालु आर्थिक वर्ष ०७५÷०७६को लागि एक करोड ६७ लाख ९२ हजार ७१५ रुपैयाँबराबरको अनुमानित वार्षिक कार्यक्रम तथा नीति प्रस्तावित गरेको छ ।
कार्यक्रमको सञ्चालन समूहकी सचिव प्रभा भण्डारी नेपाल र कार्यालय सचिव श्रीप्रसाद नेपालले संयुक्तरुपमा गरेका थिए ।