युएईमा जारी घरेलु टोलीबिरूद्धको तेस्रो तथा निर्णायक एक दिवसीय खेलमा नेपाली कप्तान पारस खड्काले कीर्तिमानी सतक प्रहार गरेका छन्।

युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै मैदानमा पहिलो विकेटको पतनभएपछि आएका खड्काले ९६ बलमा सतक प्रहार गरेका हुन्। उनले १३ चौका र १ छक्का हिर्काएका छन्।

एकदिवसीयमा सतक प्रहार गर्ने पारस पहिलो नेपाली खेलाडीसमेत हुन्।

यसअघि उनले नेदरल्याण्डविरुद्धको खेलमा ५१ रन बनाएका थिए। यस्तै उनले आज ब्यक्तिगततर्फ पनि सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी बनेका छन्।

त्यसअघि लिस्ट ए मा दुई सतक बनाएका पारसले ११२ रनको नटआउट नै सर्वाधिक रन हो।