अर्जुनधारा। महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–७को आयोजनामा आजदेखि दुई दिवसीय कृषि तथा पशु व्यवस्थापन तालिम शुरु भएको छ ।
संस्थामा आवद्ध कृषक शेयर सदस्यहरुलाई व्यवसायिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको संस्था सञ्चालक समितिकी अध्यक्ष नीलाकुमारी दाहालले बताइन् ।
समितिकी अध्यक्ष दाहालको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा तालिमको औचित्यसहित स्वागत व्यवस्थापक उमा थापाले गरेकी थिइन् ।
नगर पशुपंक्षी विकास शाखाका प्रमुख पदमलाल राईले सहजिकरण गरेको तालिममा ७० जनाको सहभागिता रहेको समितिकी सचिव गीता अधिकारीले जानकारी दिइन् । प्रमुखका स्वकीय सचिव गजेन्द्र खनाल, समितिकी संस्थापक अध्यक्ष चन्द्रकला पौड्याल, मीनाकुमारी खड्कालगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव अधिकारीले गरेकी थिइन् ।