प्रतिक राई

विभिन्न सञ्चारमाध्यम अनि सामाजिक सञ्जालहरुमा लेखिएको र देखिएको परदेसी भूमिमा नेपाली दाजुभाइ दिदीबहिनीको पीडाले सबै नेपालमा अनि संसारमा छरिएर बसेका नेपालीहरुलाई मार्मिक बनाएको छ । उच्च शिक्षा आर्जन अनि आँखाभरी सपना बोकी अति विकसित राष्ट्र अस्ट्रेलिया, बेलायत, क्यानाडा जस्तो अन्य ठुलो देशहरुमा जाने घुइँचो आज यथार्थ बनेको छ । सात समुद्रपारि एउटा आप्रवासी हुँदाको चुनौती, घर परिवारको सम्झना, आर्थिक संकट, भाषा संस्कृतिको भिन्नता, सरकारको फेरिरहने नीति, विश्वविद्यालयको मापदण्ड, कामको चाप र घरको ऋणले विदेसी भूमिमा नेपालीको जीवन कल्पना गरे जस्तो वा चलचित्रमा देखिने जस्तो कहिले नहुँदो रहेछ ।

यद्यपि यी यथार्थहरुलाई सीमित विद्यार्थीले मात्र व्यावहारिक ढंगले बुजेर आएको देखिन्छ । धेरैले बुझोस् पनि कसरी, साथीको सामाजिक सञ्जालमा दैनिक राखेको समुन्द्र तट, पार्क अनि अनेकौँ भोग विलासका रङिन् तस्बिरहरु देख्दा कस्को पो मन मान्ला ?

प्रसङ्ग विदेशमा विद्या आर्जन ठिक वा बेठिक भन्ने कुरा रहेन । यो भनेको आफ्नो निजी अनुभव अनि विश्वासले व्याख्या गर्ने कुरा रह्यो । तर, विदेसी भूमिमा नेपालीको पीडा एउटा धुर्बसत्य बनेको हुँदा आज हामी साराले एकछिन मनन गरी आफूलाई प्रश्नहरु सोध्न बाध्य तुल्याएको छ ।

सर्वप्रथम, विद्यार्थी आफैँले म किन परदेश जाँदैछु, कुन विषय लिँदैछु, महाविद्यालय विश्वविद्यालयबारे मलाई के कति जानकारी छ । परामर्शदाताको मात्र भर पर्ने कि अन्य श्रोत साधन को पनि उपयोग गने भनि प्रश्नहरू सोधे हुन्छ। दोस्रोमा अभिभावक जसको कर्तव्य रहन्छ आफ्नो नानीहरुसँग अर्थपूर्ण समन्वय गर्ने अनि महत्वपूर्ण निर्णयहरु लिने । आफ्नो छोराछोरीलोई विदेश पठाउने समय कुन उचित होला नहोला भनेर थाहा पाउने कुरा विद्यार्थीभन्दा पनि अभिभावको रहन्छ । यसैगरी परामर्शदाता जसले हजारौ विद्यार्थीको सपना पुरा गर्न एउटा गहन भुमिकाखेलेको हुन्छ, उहाँहरुले व्यवहारिक परामर्श दिने हरदम प्रयास गेरकोमा दुइमत हुन सक्दैन।

यद्यपी एउटा बिद्यार्थी जसले धेरै विश्वास । आशा बोकेर आएको हुन्छ, तिनीहरुलाई सहि विकल्प अनि त्यस्को सम्भावित परिणाम अझ बुझाइदिदा सुन मा सुगन्ध झै हुने थियो । यसरी नै, हामीले नेपालमा असीम जनधनको क्षति गरी पाएको गणतन्त्रबाट आएको नयाँ संविधानले मूल्यांकन गर्ने अधिकार दिएकोे रहेछ । मूल्यांकन गर्ने हाम्रो समाजले गलत मूल्यांकन गरी धेरै बौद्धिक व्यक्तिहरुलाइ विदेश जान बाध्य बनायो । यद्यपि, यही मूल्यांकनको त्रासले विदेशमा जीवन रणभूमिको मैदान जस्तो हुदाँ पनि घर फर्किने साहस धेरै कमले मात्र जुटाए ।

अन्तमा, हामीजस्तो विदेसी भूमिको रस चाखी सकेको, विद्या आर्जन सकेर अनेक अनुभवहरु बटुलिसकेको हरुलाई केहि प्रश्नहरू होला। सञ्चारमाध्यम राष्ट्र निर्माणको घटक हो यस्लाई आफ्नै निजि विज्ञापनलाई मात्र प्रयोगमा ल्याउने ? कि सत्य तथ्य अनि जीत हार को अनुभव भनि नयाँ पिडीलाई सहि मार्ग देखाउन सहयोग पुराउने ?

हामीसंग यी सबै प्रश्न र उत्तर हरु होलान। तसर्थ यस लेखलाइ आलोचना नबुझी एउटा अनुस्मारक सम्झनु  हुन लेखकबाट अनुरोध छ ।

झापा सुरुङ्गाका राई हाल अष्ट्रेलियामा छन् ।