खेलकुद

झापा गोल्डकप : झापा ११ ले सहारासँग भिड्ने

By admin

March 01, 2019

बिर्तामोड । झापा गोल्डकप आयोजक समितिले चौथो संस्करणको टाइसिट शुक्रबार सार्वजनिक गरेको छ ।

सहभागी टिमहरुमा झापा ११ सँगै सहारा क्लब पोखरा, थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, मोरङ ११, रुपन्देही ११ र हङकङ नेप्लिज एकाडेमी रहेका छन् ।

शनिबार हुने उद्घाटन खेलमा आयोजकको झापा ११ एफसी र पोखराको सहारा क्लबबीच खेल हुनेछ । त्रिभुवन आर्मी र हङकङ बाइमा परेका छन् । प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार पाउनेछ ।