दोस्रो हल्बिारी गोल्डकपको उपाधि आयोजक जलथल एफसीले चुम्दा काठमाडौँको चर्च ब्वाइज युनाइटेड उपविजेता बन्यो ।
व्यक्तिगत विधामा क कसले के पाए ?

आयोजकका तर्फबाट खेलेका सुशील राई म्यान अफ दी म्याच घोषित भए । उनले नगद तीन हजार पाए ।

आयोजककै मनोज प्रधान प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने । उनले नगद ५ हजार पाए ।

बेस्ट मिडफिल्डरमा पनि आयोजककै हेमन्त थापामगर भए । उनले पनि नगद ५ हजार पाए ।

बेस्ट डिफेन्समा निशान्त खड्का घोषित भए । उनले पनि नगद ५ हजार पाए ।

बेस्ट कोचमा आयोजककै पेम्बा लामा घोषित भए । उनले पनि पाँच हजार पाए ।

बेस्ट फरवार्डमा भने चर्च ब्वाइजका भुवन बस्नेत घोषित भए । उनले पनि नगद पाँच हजार पाए ।

आयोकका विनोद मेचे सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार पाउन सफल भए ।