दमक । झापा र  सुनसरीबाट लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

झापाको कमल गाउँपालिका २ सुकुम्वासी टोलबाट प्रहरीले लागूऔषध सहित सोही ठाउँ बस्ने ३० वर्षिय संजिव राईलाईलाई पक्राउ गरेको छ । राईलाई प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ८ पिस, लुपिजेसिक ७ पिस, फेनारागन ८ पिस फेला पारेको हो ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको बराह नगरपालिका १० प्रकाशपुरबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित लागूऔषध २० बोतल डाईलेक्स डिसीसहित सुनसरी हरीनगरा गाउँपालिका ६ घुस्की का ४८ वर्षिय काँसिद अन्सारीलाई पक्राउ गरेको हो । भोक्राहाबाट राजाबास आउँदै गरेको सिटी सफारीमा सवार रहेका अन्सारीलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र लुकाई छिपाई लुकाई राखेको उक्त लागूऔषध फेला पारेको थियो ।

अन्सारीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।