झापा । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नेपाल बनेको अवसरमा बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको छ ।

उक्त अवसरमा संघीय समाजवादी फोरम नेपालका बिर्तामोड नगर अध्यक्ष अभिषेक राई र नयाँ शक्ति पार्टीका बिर्तामोड अध्यक्ष उदय गुरुङ उपस्थिति रहेको थियो ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका प्रदेश नम्बर १ का सांस्कृतिक विभाग प्रमुख रोम घिमिरे, संघीय समाजवादी फोरम नेपाल प्रदेश नं. १ का सदस्य गौरीमान राईले सम्बोधन गरेका थिए ।