बिर्तामोड । झापामा स्वतन्त्र पत्रकार संघको स्थापना भएको छ । शुक्रबारको भेलाले ७ सदस्यीय संघ गठन भएको हो ।
बिर्तामोडमा भएको स्वतन्त्र पत्रकारहरुको भेलाले रत्नबहादुर बस्नेतको अध्यक्षतामा स्वतन्त्र पत्रकार संघ नेपालको झापा शाखा गठन गरेको हो । नवगठित समितिकोे उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा नरेन्द्र ढकाल, कोषाध्यक्षमा केशवप्रसाद अधिकारी रहेका छन् । त्यसैगरी समितिको सदस्यमा सुनिरा मैनाली, चन्द्र बस्नेत र आयुष निरौला रहेका छन् ।
त्यस्तै संघको राष्ट्रिय पार्षद्मा केशव भट्टराई र प्रदेश पार्षद्मा तीर्थ तिम्सिनालाई चयन गरिएको छ । कार्यक्रममा संघका केन्द्रीय प्रतिनिधि शालिकग्राम पाण्डे र स्वतन्त्र पत्रकार संघ सुनसरी शाखा अध्यक्ष खगेन्द्र कार्कीले नवगठित समितिका पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना दिएका थिए । संघको झापासँगै २६ वटा शाखा विस्तार भइसकेको बताइएको छ ।