झापा । भद्रपुरस्थित मेची रंगशालामा दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स प्रतियोगिताको जिल्ला छनौट शनिबार बाट सुरु भएको छ ।
उपराष्ट्रपति चिल्ड्रेन गेम्स प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख सोम पोर्तेलले गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख माघव पोखरेल, प्रहरी उपरिक्षक दिनेश मैनाली, सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण कुमार श्रेष्ठ, झापा जिल्ला जुडो संघ जिल्ला अध्यक्ष प्रा.डा. पृथ्वी विक्रम राई, नेकपा भद्रपुर अध्यक्ष शिवराज भण्डारी, झापा जिल्ला उद्योग संघ अध्यक्ष टिकाराज ढकाल, झापा जिल्ला सेल्फडिफेन्स संघ उपाध्यक्ष धनप्रसाद सिवाकोटी, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, बरिष्ट कराते प्रशिक्षक मदन उप्रेती, पुर्व बरिष्ट एथलेटिक्स प्रशिक्षक लोक प्रसाद ओली लगायतको आतिथ्यता रहेको थियो ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष भेषराज भण्डारी (प्रशान्त) र सञ्चालन कार्यालय प्रमुख टहल दाश मैनालीले गर्नु भएको थियो ।