काठमाडौं । न्यूरोड टिम (एनआरटी) ले आगामी सिजनका लागि दाफिन्स एफसी क्यामरुनबाट दुई खेलाडीलाई अनुबन्ध गरेको छ । आर्थिक सम्झौताबारे नखुलाइए तापनि एनआरटीले दाफिन्सका यानिक र जुनियरलाई आवद्ध गरेको गोलनेपालले जनाएको छ ।

खेलाडी र क्लबबीच अनुबन्धबारे आइतबार मात्र सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै उता केही सञ्चारमाध्यमहरुले भने खेलकुद मन्त्रालयले अफ्रिकी खेलाडीहरुलाई नेपालमा खेल्न नदिने मनस्थिति बनाएको बताइएको छ । मन्त्रालयले यस्तो मनस्थिति बनाउनुको पछाडी के कस्तो, कारण हो त्यो भने स्पष्ट पारिएको छैन ।

बाहिर हल्ला चलेअनुसार केही नेपाली युवतीका परिवारहरुले मन्त्रालयमा उजुरी गरेको समेत बताइएको छ । यद्यपि यसबारे आधिकारिक रुपमा ठोस कुराहरु केही पनि बाहिर नआएको बताइएको छ ।