खेलकुद

बिर्तामोडलाई रोक्दै एपीएफ फाइनलमा

By admin

May 16, 2019

धनकुटा । बिर्तामोड युनाइटेड एफसीलाई अन्तिम सेमिफाइनलमा रोक्दै सशस्त्र प्रहरीको एपीएफ टीम फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न खेलमा बिर्तामोड युनाइटेड झापालाई १–० गोलको झिनो अन्तरले रोक्दै एपीएफले फाइनल यात्रा तय गरेको हो । उसका लागि रवि थिङले खेलको ४४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलको म्यान अफ दी म्याच एपीएफका गोलरक्षक अमृत चौधरी घोषित भए । उनले नगद ५ हजार पाए ।

एपीएफले शनिबार क्यामरुनी टोली दाउफिन्स एफसीसँग फाइनल खेल्नेछ । गोल्डकपको विजेताले नगद ४ लाखसहित ट्रफी पाउनेछ ।