मनीष दुवाडी
धादिङ/ धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान बस खस्दा आठ जनाको मृत्यु भएको छ। चारजनाको घटनास्थलमा र एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले प्रारम्भिक रिपोर्टअनुसार जानकारी दिएको थियो । पछिल्लो अपडेटअनुसार मृतकको संख्या आठ पुगेको छ ।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा २९ जना घाइते भएका थिए। बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।दुर्घटनाका घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धादिङको गजुरी अस्पतालमा उपचारत झापाका फणिन्द्रबहादुर कार्कीले दुर्घटनाबारे यसो भन्छन् :

चालक परिवर्तन भएपछि दुर्घटना

निन्द्रा नलागेपनि आँखा चिम्म गरेर बसिरहेको थिए।एक्‍सासी गड्याम्म आवाज आयो।सबै यात्रुहरु चिच्याउँदा चिच्याउँदै गाडी खोलामा पुगिसकेको थियो।म होसमै थिए, ढोकाबाट निस्कन खोजेँ। नदी गहिरो देखेर ड्राइभरको सिटको झ्यालबाट हाम फाले।

गाडी खसेको भीर पाखाभरी घाइतेहरु छट्पटाइरहेका थिए। के गर्ने कसो गर्ने अत्यास लाग्यो। उत्निखेरै गाउँलेहरु आइपुग्नुभयो। मेरो ज्यान पुरै दुखेको थियो तर कहाँ के भएको आफैंले थाहा पाइनँ। गाउँलेहरु सबै मिलेर घाइतेको उद्धारमा सहयोग गर्न थाले।

केहीबेरपछि सेना र प्रहरी आउनुभयो। उहाँहरुले सबै घाइतेलाई माथि सडकमा ल्याउँदै उपचार गर्न पठाउनुभयो। मेरो पनि छातीमा दुखाइ बढ्न थाल्यो। मान्छेको भीड बढ्न थालेपछि स्थानीयले मलाई पनि अस्पताल पठाए।

दुर्घटना हुनुभन्दा ३-४ किलोमिटर वर बसमा तेल राखिएको थियो।तेल राखिएपछि चालक परिवर्तन भएको थियो। चालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भयो।

यसरी गरियो उद्धार : उद्धारकर्मी

हामी घरमै बसिरहेका थियौँ। एक्कासी गड्याङगुडङ आवाज आएपछि त्यता दौडियौँ। गाडी खसेर घाइतेहरु पाखाभरी छरिएका रहेछन्। ३-४ जना त मरिसकेका पनि रहेछन्। रोडबाट हेर्दा गाडीभित्र पनि मान्छेहरु देखिएका थिए। सबैलाई लौन तानिदिनु पर्‍यो, बचाउ बचाउ भन्दै कराइरहेका थिए। पाखामा भएका भन्दा पनि गाडीभित्र चिच्याइरहेका घाइेतरलाई पहिले निकालियो।

बस दुर्घटनाका घाइते झापाका फडिन्द्रबहादुर कार्कीका अनुसार दुर्घटना हुनुभन्दा ३-४ किलोमिटर वर गाडीमा तेल हालेर चालक परिवर्तन भएपछि गाडी अलि फरक तरिकाले गुडेको थियो। त्यस्तै, दुर्घटनामै परेर घाइते भएका अर्का यात्रु धादिङ गल्छी खयरघारीका राजकुमार सुवेदीले पनि तेल हालेपछि गाडीको गति बढी भएको बताएका छन्।

घटनास्थलको प्रारम्भिक अध्ययनमा सडक छेउको तारजाली र फलामे बार भत्काएर गाडी त्रिशूली नदीमा पुगेकाले बस तीव्र गतिमा रहेको प्रहरी निरीक्षक घिमिरेले बताए।

दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

हामीसँग बोक्ने केही साधन थिएन, गाडीभित्र देखिएका घाइते सबैलाई निकालिसकेपछि माथि सडकमा ल्यायौं। हामीसँगै आएका साथीले प्रहरीलाइ खबर गर्यो। केहीबेरमा  सेना, शसस्त्र र प्रहरी पनि आए। सबैलाई पालैपालो उपचार गर्नको लागि अस्पताल पठाइयो।

मृत्यु हुनेको संख्या ८ पुग्यो

दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन। अन्नपूर्ण पोष्टमा खबर छ ।