धनकुटा । यहाँ जारी राजारानी अग्नि बसुन्धरा रारा गोल्डकपको नवौँ संस्करणमा आइतबारको खेलबाट क्यामरुनी टोली दाउफिन्स एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
विपक्षी फ्यान्स क्लब भुटानलाई ४ ० गोलको भारी अन्तरले पराजित गर्दै क्यामरुनी टोलीले सेमिफाइनल यात्रा तय गरेको हो । उसका लागि पेटांगाले दुई, टीना टीनाले एक र कोनोले थप गोल गरेका थिए ।
खेलको ९ र २९औँ मिनेटमा पेटंगाले गोल गरे भने १५औँ मिनेटमा टीना र ६६औँ मिनेटमा कोनोले गोल गरेर टीमलाई सेमिफाइनलमा पुर्याएका हुन् । खेलको म्यान अफ दी म्याच दाउफिन्सका मेसोको घोषित भए । उनले नगद ५ हजार पाए ।
सोमबार आयोजक रारा एफसी राजारानीले मोरको सगरमाथा युथ क्लबसँग पहिलो सेमिफाइनल खेल खेल्ने छ । विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पाउने आयोजकले जनाएको छ ।