झापा । हिमाल आरोही कामीरिता शेर्पाले एक सातामा दुई पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान गरेका छन् ।

उनले आफैँले कायम गरेको कीर्तिमान पनि भंग गरेका छन् । उनले मंगलबार बिहान ६ बजेर ३८ बजे २४औँ पटक सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट जानकारी दिएका छन् ।

उनले गएको बुधबारमात्र २३औँ पटक सगरमाथाको शिखरमा पाइला टेकेर विश्व कीर्तिमान राखेका थिए । एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन् । सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य अर्को साल २५ औं पटक पुर्‍याउने छ । उनले आफ्नै कीर्तिमान फेरि पनि तोडेका हुन् ।