झापा । झापाको मेचीनगर वडा नं. १० स्थित धुलाबारीमा नचिनेको व्यक्तिले बुधबार राति एक घरभित्र पसेर सुतिरहेका आमाछोरीमाथि मार्ने नियतले हिंस्रक आक्रमण गरेको छ ।पाँचथरको मिक्लाजुङमा भएको सामूहिक हत्याको घटनाको त्रास सेलाउन नपाउँदै झापामा भएको आक्रमणमा आमा आरती बुढाथोकी र छोरी अर्पना बुढाथोकी घाइते भएका छन् मरणासन्न अवस्थामा रहेकी घाइते आरती र उनकी छोरी अर्पनालाई उपचारका लागि वीएन्डसी टिचिङ हस्पिटलमा विहान भर्ना गरिएको छ ।त्रिफला पुस्तकालय नजिकै रहेको सो घरमा ४३ वर्षकी आरती, उनकी ८ वर्षकी छोरी अर्पना र हिँडडुल गर्न नसक्ने विरामी वृद्धा सासुआमा बस्दै आएका थिए । आरतीका पति ओमबहादुर संयुक्त अरब इमिरेट्सको दुबईमा काम गर्न गएका छन् ।एउटा कोठामा छोरीसँग बस्दै आएकी आरतीलाई आक्रमणकारीले धारिलो हतियारले टाउकोमा हिर्काएर मरेको ठानी छाडेर गएका थिए भने उनकी छोरीलाई मारिदिने धम्कीका साथ घाँटी च्यापेका थिए ।राती पानी परेको बेला घटना भएको हुनसक्ने र केही पर घर भएका छिमेकीहरुले बिहीबार विहान ५ बजेतिर घाइते अवस्थाकी छोरीले गुहार मागिरहेको सुनेपछि घटना थाहा पाएका थिए । आक्रमणकारी दुई जना रहेको घाइते बालिकाले बताएकी छन् ।

स्थानीय गाउँलेहरुले विहान घटना थाहा पाएलगत्तै खबर गर्दा प्रहरी घटनास्थलमा ढिलो आइपुगेको गुनासो गरेका छन् । घाइतेलाई स्थानीयबासीले नै उपचारका लागि सुरुमा नजिकैका आम्दा मेची हस्पिटल लगेका थिए भने त्यहाँबाट रेफर गरी बीएन्डसी लगिएको थियो ।झापामा अर्को आक्रमण : धुलाबारीमा आमाछोरीको हत्या प्रयासजिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोली बिहीबार घटनास्थलमा पुगेको थियो । जिल्लाका प्रहरी प्रमुख एसपी दिनेश मैनाली आफैँ घटनाको प्रारम्भिक अनुसन्धानमा जुटेका छन् । एसपी मैनालीले घटनास्थलमा भेला भएका सर्वसाधारणलाई आक्रमणकारी छिटै पक्राउ पर्ने कुरामा आश्वस्त पारेका थिए ।