अन्तराष्ट्रिय

नतिजापछि मोदीले भने- थ्यांक्यु इण्डिया

By admin

May 23, 2019

एजेन्सी : लोकसभा चुनावमा मिलेको प्रचण्ड बहुमतबाट भारतीय जनता पार्टीमा खुशीको माहौल छ। अहिलेसम्मको परिणाम अनुसार भाजपाले ३३१ सिटमा अग्रता बनएको छ भने १५ सिटमा जित निकालेको छ ।

भाजपा एक्लै बहुमत नजिक छ। यसलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकपछि अर्को ट्वीट गरेका छन्।

‘थ्याङ्‍क यु इन्डिया ! हाम्रो गठबन्धनमा विश्वास कायम छ। यसले हाम्रा जनताको आकांक्षा पूरा गर्नका लागि अझै बढी मेहनत गर्ने शक्ति दिएको छ। म दृढ निश्चय, दृढता र कडा मेहनतका लागि हरेक भाजपा कार्यकर्तालाई सलाम गर्छु। उनीहरु हाम्रो विकासको एजेन्डा लिएर घर घर पुगेका थिए।’

यस भन्दा पहिले मोदीले अर्को पनि ट्वीट गरेका थिए। ‘सबको साथ, सबको विकास, सबको विश्वास । विजयी भारत।’ उनले आफूहरु एकसाथ अघि बढ्ने बताए। ‘हामी साथमा समृद्ध हुनेछौँ। हामी मिलेर एक मजबूत र समावेशी भारतको निर्माण गर्नेछौँ। भारतले फेरि जितेको छ।’