बिर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत बिहीबार भएको फुटबल खेलमा वडा नं ७ विजयी भएको छ ।
स्थानीय डोमालाल राजवंशी रङ्गशालामा आयोजित खेलमा वार्ड नं ७ ले वार्ड नं २ लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको ७ ले दोस्रो हाफमा एक गोल थप्यो । वार्ड नं २ ले पाएका मौकालाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पर्यो ।
खेलको म्यान अफ दी म्याच विजयी टिमका इन्द्रजंग लिम्बू घोषित भए । शुक्रबार वार्ड नं ५ र वार्ड नं १ बीच पहिलो क्वाटरफाइनल खेल हुनेछ ।