काठमाडौं । शुक्रबार देशका मध्य पूर्व र पश्चिमका केहि स्थानमा पानी पर्ने संभावना छ।

साँझपख मध्य र पुर्वका धेरै स्थान र पश्चिमका केहि स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् विभुती पोखरेलले काठमाडौ उपत्यकामा पनि पानी पर्ने संभावना रहेको बताइन्। उपत्यकामा दिउँसोपख मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद् पोखरलेको भनाइ छ।

पछिल्लो २० घन्टामा काठमाडौं उपत्यकामा ५ दशमलव ५ मिलीमिटर पानी परेको महाशाखाले जनाएको छ। काठमाडौ उपत्यकाको न्युनतम तापक्रम १६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २९ देखि ३० डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ।