फिदिम । प्राङवुङको एउटा भवनमा अहिले आगलागी भइरहेको छ ।

विजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । उक्त भवनमा शिक्षक योगेन्द्र रेग्मी र देवी कटुवाल डेरा वस्दै आएका थिए । आगलागीमा दुवै शिक्षकहरुका सामग्री र लत्ता कपडा जलेर नष्ट भएका छन ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने कोशिष गरिरहेका छन । क्षतिको विवरण आउन वाँकी रहेको प्रहरी चौकी प्राङवुङले जनाएको छ ।