झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा भन्नेबित्तिकै सबैले सोध्ने नाम हो ? ट्राफिक प्रहरी नायव निरीक्षक कालिदास रेग्मी ।

लामो समयदेखि ट्राफिक प्रहरी कार्यालय झापामा सक्रिय रुपमा रहेका प्रहरी नायब निरीक्षक कालिदास रेग्मी सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका हुन्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा रहँदा उनले विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै दुर्घटना भएको स्थानमा आफैं पुग्ने गरेका थिए ।

हाल मेचीनगर अन्तर्गत कांकरभिट्टाको जिम्मेवारी सम्हाल्न पुगेका रेग्मीले जिल्लामा नै पहिलोपटक दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्दश्यले मेचीनगर– ६ स्थित सडक खण्डमा बसपार्क प्रवेश गर्ने र निस्कने स्थानमा ट्राफिक डमी राखिएको प्रहरी नायव निरीक्षक रेग्मीले बताए ।

उनले नो पार्किङ बोर्ड, विद्यालयमा ट्राफिक नियम पालानासम्बन्धी प्रशिक्षण प्रदान गरेको ट्राफिक प्रहरी पोष्ट काँकडभिटटाका प्रमुख रेग्मीले जानकारी दिए । उनले कांकरभिट्टाको जिम्मेवारी सम्हालेपछि सबैको ट्राफिक नियम उल्लंघन घटेको स्थानीयले बताएका छन् ।

कांकरभिट्टामा ट्राफिक ब्यवस्थापनका लागि सबैको साथ पाएको र अब थप व्यवस्थित गर्ने विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने रेग्मीले जानकारी दिए ।