झापा । रेड स्टार फुटबल क्लब बिर्तामोड झापाको आयोजनामा आजदेखि प्रथम बिर्तामोड गोल्डकप सुरु हुँदैछ ।

बिर्तामोड नगरपालिकाले सहप्रायोजन गरेको गोल्डकप स्थानीय डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजे उद्घाटन हुने आयोजकले जनाएको छ । एसियन थाइ फुड्सको उत्पादन रमपम तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगितामा ८ टोलीहरुको सहभागिता रहेको छ ।

आजको उद्घाटन खेलमा जलथल एफसीले मोर एफसी बिराटनगरसँग पहिलो खेल खेल्नेछ । यस गोल्डकपको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार १११ रुपैया हात पार्नेछ भने उपविजेताले ७५ हजार १११ रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने जेठ २८ गते हुनेछ ।