एजेन्सी- युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको क्लब वरीयतामा स्पेनिस टोली रियल म्याड्रिडले शीर्षस्थान कायम गरेको छ ।

लगातार पाँचौ वर्ष शीर्षस्थान कायम गर्ने क्रममा रियलले स्पेनकै बार्सिलोनालाई पछाडी पारेको हो । रियलको १ लाख ४६ हजार अंक रहेको छ भने बार्सिलोनाको १ लाख ३८ हजार अंक छ । यस सिजन रियलले १९ हजार अंक जोड्दा बार्सिलोनाले ३० हजार अंक जोडेको हो ।

तेस्रो स्थानमा रहेको बायर्न म्युनिखको १ लाख २८ हजार, एटलेटिको म्याड्रिडको १ लाख २७ हजार तथा युभेन्टसको १ लाख २४ हजार अंक छ ।

इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले १ लाख ६ हजार अंक जोडेको छ भने स्पेनकै सेभिल्लाको १ लाख ४ हजार अंक छ । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (१ लाख ३ हजार), आर्सनल (१ लाख १ हजार) र पोर्टो (९३ हजार) शीर्ष ३ स्थानमा अटाएका छन् । पछिल्लो ५ वर्षको प्रदर्शन र त्यसअनुसार अंकले वरीयता निर्धारण गर्ने प्रावधान रहेको छ ।

वरीयतामा स्पेनले शिर्ष स्थान कब्जा गरेको छ । स्पेनले १ लाख ३ हजार ५ सय ६९ अंक जोडेको हो । दोस्रो स्थानको इंग्ल्यान्डले ८५ हजार ४ सय ६२ तथा तेस्रो स्थानको इटाली ७३ हजार ७ सय २५ अंक रहेको छ ।