बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल भोलि बिहान हुने भएको छ ।

अयाोजक रेड स्टार एफसीले इलामको त्रिवेणी एफसीबीच हुन भनिएको अन्तिम क्वार्टरफाइनल खेल हावाहुरी र पानीका कारण स्थगित भएको छ । आयोजकका सचिव प्रेमकृष्ण श्रेष्ठका अनुसार दर्के पानीका कारण रंगशालामा पानी जमेकाले खेल स्थगित गर्नु परेको हो ।

उनका अनुसार आज स्थगित भएको खेल भोलि शनिबार बिहान ७ः३० बजे हुनेछ । त्यस्तै, भोलि नै अपराह्न ४ बजे पहिलो सेमिफाइनल खेल पनि हुनेछ । यसअघि जलथल एफसी, झापा, पाञ्चायन एफसी सुनसरी र पूर्वेली युथ एफसी झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

गोल्डकपमा सहभागी आठ टिम मध्येका विजेता टिमले नगद १ लाख ५१ हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछ ।