अन्तराष्ट्रिय

एनआरएनए एनसीसी कतारको उपाध्यक्षमा उत्तमको उम्मेद्वारी घोषणा

By admin

June 08, 2019

झापा । एनआरएनए एनसीसी कतारका वर्तमान कोषाध्यक्ष उत्तम गुरुङले आगामी २०१९-२०२१ कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् ।

गत साता उनले सामाजिक संजाल फेसबुकमार्फत ‘मेरो अपिल’ भन्दै आफूले एनआरएन एनसीसी कतारको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

गुरुङले एनआरएनए कतारको २०१७-२०१९ को कार्यकालमा कोषाध्यक्षको रुपमा रहेर काम गरेपछि आफूले सिकेको र महशुस गरेकोे समाजसेवाभित्रको मर्म र भावनालाई अझै बढी प्रभावकारी बनाउन हेतुका साथ आफूलाई कतारमा कार्यरत रहेका नेपाली श्रमिकहरुको हक हितका लागि काम गर्ने दृढ इच्छा रहेको बताउदै आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेको ‘मेरो अपिल’ नामक विज्ञप्तिमा उल्लेख छ ।

उनको उक्त विज्ञप्तिसँगै फेसबुकमा दोहाबासी नेपालीहरु तथा अन्य मुलुकमा रहेका नेपालीहरुले गुरुङ असल र इमान्दार रहेकाले उनलाई जीतका लागि अग्रिम बधाई भन्दै प्रतिक्रियाहरु आएको छ । झापा सैनिकका स्थायी बासिन्दा हुन् उनी ।