काँकरभिट्टा । बालजागरण मन्च नेपालको आयोजना र नवयात्रा पुनर्स्थापना केन्द्र कांकरभिट्टाको सहकार्यमा २ दिने “लागुऔषध प्रयोग तथा दुर्व्यसनविरुद्ध अन्तरक्रिया सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिका वार्ड न ५ को बालकल्याण माविका बिध्यार्थीहरूलाई र मेचीनगर ५ कै नकलबन्दा चिया बगानका मजदुरहरूलाई लक्षित गरेर अन्तर्क्रिया गरेको हो ।

मेचीनगर ५ को वडा अध्यक्ष योगेन थापा मगरको आतिथ्यतामा सम्पन्न अन्तरक्रियाको अध्यक्षता बालजागरण मन्च नेपालको अध्यक्ष मणिकुमार लिम्बूले गरेका थिए । कार्यक्रमको सञ्चालन सदस्य भूमिका सुब्बा र अन्तरक्रियाको सहजीकरण नवयात्रा पुनर्स्थापना केन्द्र कांकरभिट्टाका अध्यक्ष भीम लुंइटेल र परामर्शदाता रोशन दाहालले गर्नुभएको थियो ।

चिया मजदुरहरूले नकलबन्दा चिया बगानमा दिनहु जस्तो काँकरभिट्टा तथा बाहिरबाट लागुऔषध प्रयोगकर्ताहरू आउने गरेको र आफ्ना नानीहरूले सिकेको गुनासो राखेका थिए ।