पछिल्लो समय धेरै चर्चामा रहेको र आशा गरिएको चलचित्र ‘साइनो’को गीत संगीतसँगै ट्रेलर पनि अत्यधिक मन पराइएको छ । नेपालकै प्रथम नायिका भुवन चन्दको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘साईनो’ त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो । फिल्मको ट्रेलर आउनुभन्दा अघि नै यस फिल्मको २ वटा गीत ‘मायालुलाई जात्रैमा भेटीयो… र कुन मायाको साईनो… बोलको गीतलाई दर्शकस्रोताले अत्यथिक रुचाएका छन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्मलाई डेब्यु निर्देशक रमेश थापाले निर्देशन गरेका छन् । थापाका अनुसार फिल्ममा बिशुद्ध नेपालीपनको प्रेम कथा रहेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलरसमेत रिलिज गरिएको छ । ट्रेलरमा अहिलेका युवायुवतीबीचको प्रेममा परिवार र संस्कार कसरी बाधा बन्छ भन्ने कुरा साधारण तरिकाले प्रस्तुत गरिएको छ ।

‘साइनो’मा डेब्यु ब्वाइ राजकुमारसँग ‘लालपूर्जा’, रोजु फेम्ड एक्ट्रेस मिरुना मगरले अनस्क्रिन रोमान्स गरेकी छन् । फिल्म ‘साइनो’का निर्देशक थापाका अनुसार फिल्म साउन २४ गते देशभर एकसाथ रिलिज हुने भएको छ । फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अभिमन्यु निरवीले लेखेको फिल्ममा संगीत अलिश कार्कीको रहेको छ । फिल्ममा भने प्रताप दास, मेलिना राई, जिना रसाइली लगायतको आवाज रहेको छ । फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् भने बनिश शाहले सम्पादन गरेका छन् । जेठ १० लाई रिलिज मिति तोकिएको भएता पनि अब फिल्म यही साउन २४ मा प्रदर्शनमा आउने पक्का भएको छ ।

चन्द्र बिनायक फिल्मस् को ब्यानरमा बनेको फिल्मलाई आफ्नो कलाकारिता मर्न नदिन फिल्म निर्माण गरेको फिल्मकी निर्मात्री तथा प्रस्तुतकर्ता भुवन थापा चन्दले बताउनुभयो । फिल्ममा नेपालीपनको कथा अनि अहिलेको सामाजिक परिस्थितिलाई मज्जाले प्रस्तुत गरेको निर्देशकको दाबी छ ।

हेर्नुस् ट्रेलर यस्तो बनेको छ ।