बिर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक केन्द्र हनुमान सेन्ट्रलमा आगलागी भएको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ ।

मलको तल्लो तलामा आगलागी भइरहेको छ । आगो झन बढ्दै गएकाले क्षति धेरै हुन सक्ने संभावना छ । आगो नियन्त्रणको लागि विर्तामोड नगरपालिकाको दमकल आइसकेको छ । आगो निभाउन स्थानीयसहित सुरक्षाकर्मी खटिरहेका छन् ।

आगलागीका कारण धुवाले भित्र निभाउन पनि समस्या भइरहेको छ । बजार क्षेत्र समेत धुवाँको कारण अस्तव्यस्त बनिसकेको छ ।

आगलागीको कारण पत्ता लाग्न सकेको छैन । दमकल आइसकेको भए पनि आगजनी कहाँ भएको पत्ता लाग्न सकेको छैन । कम्प्लेक्स भित्रबाट ठुलो धुँवाको मुस्लो आइरहेको छ ।

रातको ८ बजेसम्म नियन्त्रणको प्रयास जारी छ । नियन्त्रणमा आउन भने सकेको छैन ।