एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी, इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोसहित लिभरपुलका पाँच खेलाडीहरु च्याम्पियन्स लिगको व्यक्तिगत अवार्डको मनोनयनमा परेका छन् ।

युइएफएले २०१८/१९ को च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरेका खेलाडीहरु सर्ट लिस्ट बिहीबार सार्वजिनक गर्दा च्याम्पियन्स लिग विजेता लिभरपुलका खेलाडीहरुले वर्चस्व जमाएको हो । बार्सिलोनाका फ्रान्की डि जोङसहित ३, टोटेनहमका २ र युभेन्टसबाट म्याथ्थिज डि लिग्टसहित २ खेलाडी मनोनयनमा परेका छन् ।

फरवार्डमा चिरपरिचित प्रतिद्धन्द्धी लियोनेल मेस्सी र रोनाल्डोसँग लिभरपुलका साडियो मानेको प्रतिस्पर्धा हुनेछ । मेस्सी अिघल्लो सिजनको सर्वाधिक ९१२० गोलकर्ता हुन् ।

मिडफिल्डमा आयाक्स हाल बार्सिलोनाका फ्रान्की डि जोङ, टोटेनहमका क्रिस्टियन इरिक्सन र लिभरपुलका जोर्डन हेन्डरसनबीच प्रतिस्पर्धा हुनेछ ।

डिफेन्समा लिभरपुलका ट्रेन्ट एलेक्सजेन्डर अर्नोल्ड, (आयाक्स) हाल युभेन्टसका म्याथ्थिज डि लिग्ट र लिभरपुलका भर्जिल भान डिजिकबीच प्रतिस्पर्धा हुनेछ ।

गोलरक्षकमा च्याम्पियन लिभरपुलका गोलरक्षक एलिसन बेकरले टोटेनहमका कप्तान ह्युगो लोरिस र बार्सिलोनाका मार्क आन्द्रे टेर स्टेगनसँग प्रतिस्पर्धा गर्नेछ ।

यो सिजन राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गरेका ३२ क्लबका प्रशिक्षक र युइएफएका ५५ सदस्य राष्ट्रका पत्रकारहरुले यसै सर्टलिस्टाट विजेताको घोषणा गर्नेछ । अवार्डको घोषणा २०१९/२० को च्याम्पियन्स लिगको समूह विभाजनको ड्र दौरान मोनाकोमा २९ अगस्टमा हुनेछ ।

पोजिसन अनुसार मनोनित हुनेहरु
गोलरक्षक- एलिसन बेकर (लिभरपुल), ह्युगो लोरिस (टोटेनहम) र मार्क आन्द्रे टेर स्टेगन (बार्सिलोना)
डिफेन्डर- ट्रेन्ट एलेक्सजेन्डर अर्नोल्ड (लिभररपुल), म्याथ्थिज डि लिग्ट (आयाक्स) र भर्जिल भान डिजिक (लिभरपुल)
मिडफिल्डर- फ्रान्की डि जोङ (आयाक्स हाल बार्सिलोना) क्रिस्टियन इरिक्सन (टोटेनहम) र जोर्डन हेन्डरसन (लिभरपुल)
फरवार्ड- साडियो माने (लिभरपुल), लियोनल मेस्सी (बार्सिलोना) र क्रिस्टियानो रोनाल्डो (युभेन्टस)