ताप्लेजुङ । चौथौ पाथीभरा गोल्डकप २०७६ को खेल तालिका शनिवार सार्वजनिक गरिएको छ । उद्घाटन खेल पोमू केछाङ स्र्पोटिङ क्लब, ताप्लेजुङ र रेड हर्ष क्लब इलामबिच हुने भएको छ ।

सो खेलको विजेताले साउन ३२ गते फिदिम स्र्पोटिङ क्लब पाँचथरसँग खेल्नेछ । साउन ३१ गते ताप्लेजुङ-११ र बेलवारी फुटबल क्लब मोरङबिच हुनेछ । विजेता टिमले भदौ १ गते डाँगीहाट क्लब मोरङसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै भदौ २ गते यूके एफसी दार्जिलिङ र एलाभेन एरोज सुनसरी भिड्नेछ । भदौ ३ गते डिफेन्डिङ च्याम्पियन रेड स्टार क्लब झापा र गोर्खा स्र्पोटिङ क्लब दमकबिच खेल हुनेछ ।

रेड स्टार गतवर्षको विजेता टिम हो । भदौ ४ र ५ गते सेमिफाइनल खेल हुनेछ । फाइनल खेल भदौ ६ गते हुनेछ । १० टिम सहभागी खेल ९ दिनसम्म संञ्चालन हुने भएको छ । खेल अवलोकनका लागि बासको अस्थायी प्याराफिट निर्माण जारी रहेको छ ।

लाखेजात्रा खेल संञ्चालन समितिका अध्यक्ष नारायण थापाका अनुसार साउन २८ गतेसम्म प्याराफिट निर्माण तथा मैदान मर्मतको काम सम्पन्न गर्ने तालिका छ ।