बिर्तामोड । डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार माधव विद्रोही सम्मानित भएका छन् । उनी स्वाधीन सम्वाद साप्ताहिकका सम्पादक हुन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाद्वारा स्थापित उक्त पुरस्कारबाट सोमबार महासंघको २०औं स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा अग्रज पत्रकार विद्रोहीलाई सम्मानित गरिएको हो ।

शाखाका अध्यक्ष विशाल नेम्वाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि महासंघका संघीय सचिव कमन देवानले ताम्रपत्रसहित नगद पुरस्कार २५ हजार २० रुपैयाँ प्रदान गरेका थिए ।

त्यसैगरी उदीयमान पत्रकारिता पुरस्कारबाट कञ्चनजंघा एफएमका राजवंशी भाषाका समाचार सम्पादक ध्रुव राजवंशी र रेडियो भिजनका लिम्बू भाषाका समाचार सम्पादक भगीहाङ नेम्वाङ ‘रानीटारे साइँला’लाई सम्मानित गरिएको छ । उक्त पुरस्कारको नगद पुरस्कार जनही पाँच हजार २० रुपैयाँ र प्रशंसापत्र रहेको छ ।

फोनिज झापाका उपाध्यक्ष देशराज नेम्वाङले डिकमान सुनुवार विरहीको जिवनीबारे जानकारी गरएको कार्यक्रममा सम्मानित व्यक्तित्व विद्रोहीको व्यक्ति परिचय सदस्य तिलक योञ्जनले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा, प्रेस संगठन झापाका मुक्ति पौड्याल, प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं, एफएनजे पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, सम्मानित व्यक्तित्व विद्रोहीले डिकमानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव अमित खम्बूले गरेका थिए ।

उक्त सम्मानबाट यस अघि अमृतलाल श्रेष्ठ, नकुलकाजी, दिपीन राई, रमेश समदर्शी राई, मदन ढकाल र भीम नेम्वाङ सम्मानित भएका छन् ।