ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा आज गतवर्षको विजेता रेडस्टार क्लब झापा र गोर्खा स्पोर्टिङ क्लब दमक बिच हुदैछ ।

आफ्नो जितलाइ यो वर्ष पनि कायम राख्न रेड स्टारले झापा ११ का कर्ण लिम्वू, पूजन उपरकोटी, निरज बस्नेत, बिकास थुलुङ, थ्रिस्टारवाट खेलेका बुद्ध चेम्जोङ लगायत रहेका छन् । गतवर्ष बिदेशी खेलाडी ल्याएको रेड स्टारका अध्यक्ष राजन लाम्गादेले यो वर्ष सबै नेपाली खेलाडी भएको बताए । उनका अनुसार टिमका अधिकांस खेलाडी ए डिभिजन खेलेका छन् ।

गोर्खाले भने आजको खेलबाटै रेड स्टारको साख खोस्न क्यामरुनका ३ खेलाडी मैदानमा उत्रदैंछ । यीबाहेक थ्री स्टारका बिजय धिमाल, मनाङका दिपक राई र सुरज विक, नेपाल आर्मी क्लबका एकसहित ए डिभिजन खेलेका खेलाडी ल्याएको बताइएको छ । ए डिभिजन खेलेका राम्रा खेलाडी मैदानमा उतार्ने युवराज राईले बताए ।

भानुजन माविको मैदानमा भइरहेको प्रतियोगितामा आज निकै आकर्षक खेल प्रदर्शन हुने फुटबलप्रेमीहरुको बुझाइ छ । आजसम्मको टिकट दर एक सय रुपैंया रहेको छ । भोलिदेखि सेमिफाइनल चरणका खेल हुनेछन् । गोल्डकप विजेताले नगद ३ लाख ११ हजार १११ पाउनेछ ।