झापा । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आज हुने सेमिफाइनलको पहिलो खेलमा दिउँसो २ बजे रेडहर्ष इलाम र एलेभेन एरोज सुनसरीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

रेडहर्षले क्वाटरफाइनलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने एलेभेन एरोजले भारतको यूकेएफसी दार्जीलिङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

यसअघि हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा गोर्खा स्र्पोटिङ क्लब दमकलाई १-० गोल अन्तरले पराजित गर्दै रेड स्टार झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब रेड स्टारले डाँगीहाट फुटबल क्लब मोरङसँग भोलि विहीबार अन्तिम सेमिफाइनल खेल्दै फाइनल प्रवेशको मौका पाउनेछ । प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजारसहित ट्रफी प्रदान गरिने छ।

उपबिजेताले १ लाख ५१ हजार नगदसहित ट्रफी पाउने छ। सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ ६ गते हुनेछ ।