एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन एस्टन भिल्लासँग स्तब्ध बनेको छ । शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोलीसँग एस्टन भिल्लासँग २-० ले स्तब्ध बनेको हो ।

ब्राजिली खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औ मिनेटमा अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अनवर एल घाजीले गोल गर्दै भिल्लाको २-० को जित सुनिश्चित गरे ।

खेलभर नै एभर्टनलाई दवावमा राखे पनि गोल गर्न असफल रह्यो । खेलको छैटौं मिनेटमा नै एभर्टनले पेनाल्टीको अपिल गरेको थियो । रिचार्लीसनलाई बक्सभित्र लडे पनि रेफ्रीले त्यसलाई कुनै प्रतिक्रिया दिएन । ८२औं मिनेटमा एलेक्स इओवीको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्कदा एभर्टन बराबरीबाट चुकेको थियो । ९०औैं मिनेटमा थियो वल्कटले गोल गर्न सकेन ।

जितसँगै भिल्लाले तीन खेलबाट ३ अंक जोडेको छ । भिल्ला ११ऋौं स्थानमा छ । प्रिमियर लिगमा पहिलो हार बेहोरेको एभर्टन ४ अंक जोडेर नवौं स्थानमा छ ।