झापा । नेपालले साफ यू-१५ फुटबल च्याम्पियनसिपमा पहिलो जीत हासिल गरेको छ । भारतको कल्याणीमा जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार श्रीलंकालाई २-० ले हराएको हो ।

पहिलो खेलमा मंगलबार भारतसँग ५-० को फराकिलो हार बेहोरेको नेपाली टोलीले दोस्रो खेलमा जीतको लय समातेको छ । नेपाललाई शुक्रबार श्रीलंकाविरुद्ध जीत दिलाउन शशांक बोहोरा र अशिम राईले गोल गरेका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमा शंकाकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । अशिमले खेल सकिन ७ मिनेट अघि गोल गर्दै टोलीको जीतलाई पक्का गरेका थिए । ५ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा राउन्ड रोविन लिगपछि शीर्ष २ टोली फाइनलमा पुग्नेछ ।

नेपालले अर्को खेल भदौ १० गते साविक विजेता बंगलादेशसँग खेल्नेछ । त्यस्तै नेपालले लिग राउन्डको अन्तिम खेल १२ मा भुटानविरुद्ध खेल्नेछ ।