एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले पुनरागमन जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले ईबरलाई ३-२ गोल अन्तरले हराएको हो । खेलमा २-० ले पछि परेको स्थितीलाई उल्ट्याउँदै एट्लेटिकोले पुनरागमन जित निकाल्न सफल भएको हो ।

चार्लिसले खेलको सातौ मिनेटमा ईबरलाई सुरुवाती अग्रता दिलाएका थिए । अनाइटीज आर्बिलाले १९ औ मिनेटमा पाहुना टोलीको अग्रता दोब्बर पारे । जोआओ फेलिक्सको गोलबाट एट्लेटिको खेलमा फर्किए । डिएगो कोस्टाको पास सदुपयोग गर्दै फिलिक्सले गोल गरेका थिए ।

विटोलोले ५२ औ मिनेटमा घरेलु टोली एट्लेटिकोको लागि बराबरी गोल फर्काए । उनले रेनान लोडीको पास सदुपयोग गर्दै गोल गरे । थोमस पार्टेले खेलको अन्तिम मिनेटमा घरेलु टोलीका लागि विजयी गोल गरे । एट्लेटिको २ खेलबाट ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । ईबरमात्र एक अंक सहित रेलिगेशन जोनमा रहेको छ ।