कला

हेर्नुस्, ‘रातो टिका निधारमा’को ट्रेलर…

By admin

September 04, 2019

झापा । साम्रज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टारर चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । अशोक शर्मा निर्देशित चलचित्र आगामी असोज १० गतेबाट दशैँको अवसरमा रिलिज हुँदैछ । चलचित्रमा वैदेशिक रोजगारको विषयलाई उठान गरिएको छ ।

‘रातो टिका निधारमा’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा रविन्द्रा झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ ।

ए.ए. ग्रुप अफ कम्पनिजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्रदेव गुरुङको सम्पादन र राजेश शाहको भिएफएक्स छ ।