झापा । नेपाली महिला फुटबल टोली किर्गिस्तान जारी नादेझ्दा कप को फाइनलम पुगेको छ । ताजकिस्तानलाई मंगलबार १-० ले हराउँदै नेपाल अन्तिम उपाधि नजिक पुगेको हो । नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो ।

८५ औं सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल विजयी भएको हो । गिता रानाको फ्रिकिकलाई सम्बाले हेडमार्फत गोल गरेकी थिइन् । त्यही गोल खेलको निर्णायक बन्यो । प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो । किर्गिस्तानविरुद्धको पहिलो खेलमा उनले ४ गोल गरेकी थिइन् । अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

राउन्ड रोविनको अन्तिम खेल आजै उज्वेकिस्तान र आयोजक किर्गिस्तानबीच हुनेछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८-२ ले हराउँदै नेपालले दमदार सुरुवात गरेको थियो । तर नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २-० ले पराजित भएको थियो ।

ताजकिस्तानले प्रतियोगितामा कमजोर सुरुवात गरेको थियो । ताजकिस्तानले पहिलो खेल नतिजा उज्वेकिस्तानलाई १२-० को नतिजा सुम्पेको थियो । दोस्रो खेलमा ताजिकस्तानले किर्गिस्तानलाई २-१ ले हराएको थियो ।

प्रतियोगितामा उज्वेकिस्तान सबैभन्दा बलियो टोलीका रुपमा रहेको छ । ताजिकस्तानलाई १२-० ले हराएको उज्वेकिस्तानले नेपाललाई २-० ले पराजित गरेको थियो । त्यस्तै आयोजक किर्गिस्तान अरु भन्दा कमजोर देखिएको छ ।

नेपालसँग ८-२ ले पराजित आयोजक टोलीले ताजिकस्तानसँगको खेल २-१ गुमाएको थियो । राउन्ड रोविन पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । त्यस्तै बाँकी दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।