पाँचथर । फिदिम नगरपालिका ७, साविक रानिटार २ को बराजु खेलमैदानमा आजदेखि रानीटार गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । बाल दिवशको अवसरमा आयोजना हुने रानीटार गोल्डकपको उद्घाटन खेलमा फिदिम स्पोर्टिङ कल्ब फिदिम र आयोजक रानीटार ११ बीच खेल हुनेछ ।

गोल्डकपमा यस पटक पनि ८ टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष तेजु तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा साविक बिजेता इलाम फुटबल क्लब पुवामझुवासँगै पाँचथर जिल्ला लिग बिजेता सयपत्री क्लब यासोक, सैनिक युथ क्लब झापा, रेड स्टार क्लब झापा, नमो बुद्ध क्लब राँके, योङ ब्वाईज क्लब इलाम, फिदिम स्पोर्टिङ क्लब र आयोजक रानीटार ११ ले खेल्नेछन् ।

यसपटकको बिजेता टिमले १ लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद ५० हजारसहित ट्रफी पाउने आयोजकले जानकारी दिएको छ । रानीटार गोल्डकपसँगै आन्तरिक पर्यटन प्रर्वदनको लागि रानीटार मिनी महोत्सवको पनि आयोजना गरिएको आयोजक समितिका सदश्य रुपेन्द तामाङले जानकारी दिनुभयो ।

गोल्डकपको फाइनल भदौ ३० गते हुने आयोजकले जानकारी दिएको छ । उद्घाटन खेल दिउँसो १२ बजे हुने आयोजकले जानकारी दिएको छ ।