काठमाडौं । साविक विजेता नेपालले साफ यू-१८ च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक चेतनारायण श्रेष्ठले पोखरामा एक साता लामो क्याम्पपछि २५ सदस्यीय टोलीबाट अन्तिम टोली घोषणा गरेका हुन् ।

अन्तिम टोलीमा गोलरक्षक रोहित कार्की र मिडफिल्डर दीपेश गुरुङले स्थान बनाउन सकेनन् । नेपालसहित ६ टोली सम्मिलित प्रतियोगिता असोज ३ देखि हल्चोकस्थित एपीएफ रंगशालामा आयोजना हुँदैछ । नेपालको समूहमा भुटान र माल्दिभ्स रहेका छन् । अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । दुवै समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाल यू-१८ राष्ट्रिय फुटबल टोली

गोलरक्षकः विशाल सुनार, सूर्य अधिकारी, पुजन होना

डिफेन्डरः विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्वा, अन्जन महर्जन

मिडफिल्डरः शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा

फरवार्डः ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी