बिर्तामोड । संविधान दिवसको अवसर पारेर लायन्स क्लब अफ बिर्तामोड सिटीले बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए ।

लायन्स क्लब अफ बिर्तामोड लेडीको सहआयोजना तथा नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटी, संविधानसभा सदस्य मनकुमार गौतम, प्रदेशसभा सदस्य एकराज कार्की, जसमाया गजमेर, चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष ओमकृष्ण बिमली, रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले शुभकामना राखेका थिए ।

कार्यक्रमको अध्यक्ष लायन्स क्लब बिर्तामोड लेडिका अध्यक्ष उर्मिला बिमली खरेलले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष निरज ओलिले गरेका थिए भने सञ्चालन नम्रता ढकालले गरेकी थिइन् । कार्यक्रम संयोजकमा एजाज अन्सारी र इन्दिरा बिमली रहेका थिए ।