बिर्तामोड । आज विश्व सरसफाइ दिवसको अवसरमा बिर्तामोड नगरपालिका र बिर्तामोड सरसफाइ अभियानले संयुक्तरुपमा चेतनामुलक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड सरसफाइ अभियानको १६८औं साता समेत परेको यस अवसरमा बिर्तामोड ५ नम्बर वडाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका प्रमुख आतिथ्यमा स्वास्थ्यका लागि सरसफाइमा सचेत बनौँ, सचेतना फैलाऔँ, सरसफाइ अभियानलाई देशव्यापी बनाऔँ, विश्व सरसफाइ दिवस सफल पारौँ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा बिर्तामोडको मुख्य बजार क्षेत्रमा सरसफाइ गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य डिआर कडरिया, कार्यपालिका सदस्इ सुरेन राजवंशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीका प्रतिनिधि, मनकामना कलेजका बीएसडब्ल्यूमा अध्ययनरत बिद्यार्थी, शिक्षक, रेयुकाइका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।