झिलझिले । झापाको शिवसताक्षी नगरपालिकामा काठको दुई तले घरमा आगलागी भएको छ । दुई घण्टासम्म आगजनी हुँदा घरमा भएको सम्पूर्ण धनमाल नष्ट भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ९, संगम चौक स्थित पदमलाल काफ्लेको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा भएका सबै धनमाल नष्ट भएको इलाका प्रहरी झिलझिले जनाएको छ । बुधबार दिउँसो करिब ११ः१५ बजे आगलागी भएको हो ।

दमक नगरपालिका र विर्तामोड नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा २ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो । विजुलीको मिटरबक्स सट भएर आगो लागेको प्रहरीको अनुमान छ । आगलागीबाट करिब १६ लाखको क्षति नेकपाका शिवसताक्षी सचिव धनबहादुर थेवेले जानकारी दिए । दशैंमा काफ्ले परिवार विचल्लीमा परेको छ ।