झापा । माछा पोखरीमा डुवेर झापामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरका नरमोद राईको ३ वर्षीय छोरी थानिया राईको बुधबार सबहान छिमेकीको माछा पोखरीमा डुवेर मृत्यु भएको स्थानीय दुर्गा नेम्वाङ्गले बताए।

आफ्नै दिदीहरुसंग खेल्न बाटोमा निस्किएकी थानिया हराएपछि खोजी गर्ने क्रममा माछा पोखरीमा डुवेको अवस्थामा फेला परेकी थिइन् । थानियाको घर र माछा पोखरी ३ सय मिटरको दूरीमा छ । स्थानीय ज्योफ्री ईंलिस बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालिकाको शव दमक अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

 

स्थानीयका अनुसार दशैंमा टीका थाप्न घरमा पाहुना आएका थिए । टीका प्रसादको कार्यक्रम घरभित्र चलिरहेको बेला थानिया माछा पोखरीमा डुवेकी स्थानीयबासीले बताएका छन् ।