झापा । विश्वकप छनोट अन्तर्गतको समूहको चरणको तेस्रो खेलमा नेपालले अहिले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

 

अष्ट्रेलियाको क्यानबेरामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ३-० ले पछाडी परेको छ ।

अष्ट्रेलियाका लागि जेमी म्याक्लारेनले दुई गोल गरे । यस्तै ह्यारीले एक गोल थपे ।

 

पहिलो गोल खेलको ६ मिनेटमै भएको थियो भने दोस्रो गोल १३औैँ मिनेटमा भएको थियो ।

 

खेलको २४ औं मिनेटमा ह्यारीले गोल गर्दै अष्ट्रेलियालाई ३-० को अग्रता दिलाए ।