भद्रपुर । झापाको भद्रपुर-२ मा पर्ने संयुक्त धार्मिकस्थल कमलधापलाई पर्यटकीय गन्तव्य बनाउने गरी संरचना निर्माणको काम थालिएको छ । सोमबार एक समारोहका बीच संरचनाहरु निर्माणका लागि शिलान्यास गरिएको छ ।

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

कमलधाप सिमसार क्षेत्रको ६० हेक्टर जग्गामा विभिन्न संरचना निर्माणका लागि ४ करोड ३८ लाख ३ हजार ५७९ रुपैयाँ गर्ने गरी निर्माणको आरएण्डसी नयाँ युग जेभीले लिएको निर्माण समिति कमलधाप पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष राजु दाहालले जानकारी दिए । ०७८ साल असार २४ गतेसम्मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।